आईपीएल अक्टोबर–नोभेम्बरमा हुनसक्ने



नयाँ दिल्ली, (एजेन्सी)

कोरोना भाइरसको कारण इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट लिग १५ अप्रिलसम्मका लागि स्थगित गरिएको छ । यसैबीच भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले लिग अक्टोबर–नोभेम्बरमा आयोजित गर्न चाहेको छ । यो त्यतिबेला सम्भव हुनेछ जब अक्टोबर–नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेट समयमा हेरफेर हुनेछ ।

 

बीसीसीआईका एक अधिकारीले बताए–बोर्डमा अक्टोबर–नोभेम्बरमा आईपीएल आयोजित गर्ने विचार भइरहेको छ । अस्टे«लियाले ६ महिनाको लागि बाहिरी देशबाट आउनेहरुलाई रोक लगाएको छ । यसले स्थिति परिवर्तन हुन सक्नेछ । हालको स्थिति हेरेर विश्वकप टालिन सकिन्छ, तब हामी यसबारे विचार विमर्श गर्नेछौं ।

 

यस्तै आईपीएल नभएमा खेलाडीले पाउने तलब पनि काटिने जनाएको छ । फ्रेन्चाइजसँग सम्बन्धित एक अधिकारीले बताए कि खेलाडीलाई प्रतियोगिता शुरु हुन एक साताअघि १५ प्रतिशत तलब दिने गरिन्छ । ६५ प्रतिशत प्रतियोगिता हुँदा दिइन्छ भने बाँकी २० प्रतिशत तलब अन्तमा दिइने गरिन्छ । भारतको क्रिकेटर्स संघका अध्यक्ष अशोक मल्होत्राले आईपीएल भएन भने भारी नोक्सान हुने बताएका छन् । यही कारणले खेलाडीको तलब कटौती हुन सक्ने उनको भनाइ थियो ।

 

यसै सन्दर्भमा फ्रेन्चाइज राजस्थान रोयल्सका मालिक मनोज बदालेले प्रतियोगिता हुने आशा गरेका छन् । उनले प्रतियोगिता छोटो फरम्याटमा गर्न सकिने बताए । उनले बीबीसी वल्र्ड सर्भिससँग बताए– ‘म चाहन्छु कि यो साल कुनै पनि फरम्याटमा आईपीएल आयोजना होस, चाहे भारतीय खेलाडीबीच नै भए पनि खेलाउनुपर्छ । यदि विदेशी खेलाडी यसपटक आउन सक्दैनन् । तर अहिले नै आईपीएल हुन्छ या हुँदैन भन्न मुश्किल छ ।’

 

कोरोना भाइरसको कारण भारतीय सरकारले अप्रिल १५ सम्म भीसा प्रतिबन्ध गरिएकाले पनि आईपीएल सोही मितिसम्मका लागि टारेको अवस्था छ । यसैले भारत आउने विदेशी नागरिकको भीसा १३ मार्चदेखि १५ अप्रिलसम्म स्थगित गरिएको छ । भारतीय सरकारले केवल डिप्लोमेटिक, अफिसियल, यूएन र अन्तर्राष्ट्रिय संस्थान, प्रोजेक्ट र इम्प्लाएमेन्ट भीसामा छुट गरेको छ । आईपीएलमा आउने विदेशी खेलाडी र स्टाफलाई बिजनेस भिसा दिइएको हुन्छ । यसैले उनीहरुलाई भारतमा आउन अनुमति छैन । आईपीएलमा ८ टोली गरी १ सय ८९ जना खेलाडी छन्, जसमा ६४ जना भारतबाहिरका विदेशी खेलाडी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्