पुतलीबजार नगरपालिकामा ८ जना क्वारेन्टाइनमा,२२ जना होम क्वारेन्टाइनमा



भूपराज बस्याल,स्याङ्जा।

स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकामा विभिन्न देशबाट आएका ८ जना क्वारेन्टाइनमा राखिएको छ भने होम क्वारेन्टाइन २२ जना रहेको नगर प्रमुख सिमा क्षेत्रीले जानकारी दिनुभयो ।क्वारेन्टाइनको क्षमता २० जनाको भएपनि एक जनाको बसाइ अवधी पुगेर घर फर्किएको हुँदा हाल ८ जना मात्रै रहेको प्रमुख क्षेत्रीले जानकारी दिनुभयो ।

क्वारेन्टाइनमा राखिएका सबैको स्वास्थ परिक्षण देखी खाने बस्ने लगायत सबै ब्यबस्था पालिकाले नै गरेको पनि उहाँले जानकारी दिनुभयो । होम क्वारेन्टाइनमा रहेकाहरुको पनि बेला बेलामा स्वास्थ परिक्षण गरिएको हुँदा हालसम्म सबैको स्वास्थ अवस्था ठिक रहेको उहाँले जानकारी दिनुभयो ।

बिश्वाभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को उच्च सतर्कताका लागि पालिकामा १० वाडको आइसुलेसन कक्ष पनि तयार राखेको पालिकाले गाउँ गाउँमा खटिने स्वास्थ्यकर्मी, एम्बुलेन्स चलाक, प्रहरी प्रशासन लगायतलाई समेत पीपीई वितरण गरेर उच्च सतर्कता अपनाएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । २५ वटा पीपीइ काठमाडौ बाट ल्याएका थियौ बाकी स्थानीय स्तरमा अलि कम गुणस्तरको तयार पारेर जिम्मेवारी अनुसारको पीपीइ बाढेका छौं उहाँको भनाइ थियो ।

स्वास्थ्यमा उच्च सतर्कता अपनाएको पालिकाले बजार क्षेत्रमा बिषादी छर्नेकामलाई तीव्रता दिएको छ भने आफ्ना १४ वडामा यो प्रक्रियालाई निरन्तरता दिने क्षेत्रीले जानकारी दिनुभयो । केही खुलेका अफिसहरुमा समेत छुट्टै कर्मचारी खटाएर बिषादी छर्नेकाम भएको उहाँले बताउनुभयो ।

लकडाउन अवधिभर खाद्य अभाव हुन नदिन पालिकाको समन्वय ७ गाडी भैरहवा खाद्य सामाग्री लिन पठाएको भन्दै पालिकामा कालाबजारी हुन नदिन पनि उच्च सतर्कता अपनाइएको उहाँले जानकारी दिनुभयो । गाउँ गाउँमा औषधि, खाद्यान्न अभाव हुन नदिनकोको लागि विभिन्न समिति बनाए काम भैइरहेको भन्दै त्यस्तो अभाव भए पालिकाको सम्पर्कमा आउन पनि प्रमुख क्षेत्रीको अनुरोध छ ।

जिविकोपार्जन गर्न दैनिकी मजदुरी भन्दा अन्य आयस्रोत नभएकाहरुका लागि राहत प्याकेज ल्याएको पालिकाले आफ्ना २९३ टोल बिकास सस्था मार्फत त्यस्ता ब्यक्तिको लागि राहत वितरण गरेको छ । टोल विकास समितिले वडालाई बुझाएको तथ्यांकका आधारमा परिवारको संख्या हेरेर राहत वितरण गरिएको प्रमुख क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्