वडाध्यक्ष शाहीद्धारा विपन्न परिवारलाई खाद्यान्न वितरण



कालीवहादुर मल्ल,कालीकोट ।

विश्वभरी कोरोना भाईरस (कोभिड १९)को त्रास फैलिएको वेला शुभकालिका गाउँपालिका –५ का अध्यक्ष केशनवहादुर शाहीले विपन्न ११ परिवारलाई सोमबार खाद्यन्न वितरण गर्नु भएको छ ।

नेपाल सरकारले जारी गरेको लकडाउनको समयमा ज्याला मजदुरी गर्न नपाएर नाजुक अवस्थामा पुगेका विपनन परिवारलाई एक/एक बोरा चामल,एक/एक केजि दाल,एक÷एक प्याकेट तेल,दुइ/दुइ चक्की सावुन वितरण गरिएको वडाध्यक्ष शाहीले जानकारी गराउनु भएको छ ।

यस्तै उहाँले सोही वडाका सवै परिवारलाई पुग्ने गरी २५ सय माक्स वितरण गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य समेत रहनुभएका वडाध्यक्ष शाहीले दैनिक ज्यालादारी गरेर खाइरहेका गरिव विपन्न परिवारलाई लकडाउनको समयमा छाक टार्न थोरै भएपनि खाद्यान्न वितरण गरिएको वताउनु भयो ।

“गिट्टी कुटेर परिवारको जोहो गरिरहेका थियौ कोरोना भाइरसले वाहिर निस्कन नपाउने भएपछि समस्या भएको थियो वडाले खाद्यन्न वितरण गरेपछि राहत महसुश भएको छ ।” भन्दै विपन्न धनविरे नेपालीले खुसि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्