नगरपालिकाका मेयरलाई पक्राउ पुर्जी जारी



सञ्जय कार्की,रौतहट ।

लागु औषध मुध्दामा पक्राउ पुर्जी जारी भएपछि पक्राउ गर्नुको सट्टा जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ पुर्जीनै सार्बजनिक गरिदिएको छ । अदालत बाट पक्राउ गर्न जारी भएको पुर्जीको आधारमा आरोपी लाई पक्राउ गर्नुको बदला पुर्जी सार्बजनिक गरेर आरोपी लाई फरार हुने मौका दिएको आरोप प्रहरी माथि उल्टै लागेको छ ।

जिल्ला अदालत मकबानपुरले मुलकी फौजदारी कार्य बिधि सहित ०७४ को दफा ९ को उपदफा ३ बमोजिम रौतहटको ईशनाथ नगरपालिकाको प्रमुख सन्तोष मेहता र उनका भाई एम्बुलेन्स संचालक समितिका अध्यक्ष एबम नेकपा नगर अध्यक्ष मोहन मेहता लाई पक्राउ पुर्जी जारी भएको हो ।

गएको माघ ११ गते ईशनाथ नगरपालिकाको डुमरिया स्वास्थ्य चौकीको एम्बुलेन्स बाट प्रतिबन्धित अबैध गाजा तस्करी हुदै गर्दा हेटौँडा उपमहानगरपालिका १९ नेवारपानी स्थित इलाका प्रहरी कार्यालयले एम्बुलेन्स सहित चालक र सबार ब्यक्ति लाई पक्राउ गरेपछि उनीहरुको अनुसन्धान बाट दायर भएको मुध्दामा जिल्ला अदालत मकबानपुरले ती दुबै लाई पक्राउ गर्न आदेश जारी गरेको हो ।

रौतहटको ईशनाथ नगरपालिका स्थित डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको सरकारी एम्बुलेन्समा तीनवटा झोलाभित्र छ वटा पोकामा ३० किलो ६०० ग्राम गाँजा र नेपाली ९१ हजार तथा भारतीय दुई हजार दुई सय रुपैयाँ सहित मकबानपुरको मनहरी हुदै रौतहट आउने क्रममा मकबानपुरको नेवारपानीमा प्रहरीले एम्बुलेन्सका चालक ३९ वर्षीय महम्मद खलिद र सवार रहेका सोही नगरपालिकाको डुमरिया निबासी १९ वर्षीय अशोक कुमार र भारत बिहारको मोतिहारी जिल्ला बसन्तपुरका २२ वर्षीय विनोद सहनी पक्राउ परेको थियो ।

उनीहरुको बयान बाट ईशनाथ नगरपालिकाका प्रमुख सन्तोष मेहता र उनका भाई मोहन मेहता लाई पक्राउ गर्न आदेश जारी भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गर्नुको बदला पुर्जी सार्बजनिक गरेपछि यस्को गोपनियता माथि प्रश्न उठेको छ । प्रहरी उपरिक्षक रबी राज खडकाले पक्राउ पुर्जी जारी गरेको बिषयमा आफु अनभिज्ञ रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्