सरकारले घोषणा गरेको कोरोना नियन्त्रण कोषमा सेल्सबेरीले पच्चीस लाख सहयोग गर्ने



न्युज अफ नेपाल,काठमाडौं ।

नेपाल सरकारले घोषणा गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सेल्सबेरीले पच्चिस लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कम्पनीका संस्थापक सुशीलमान प्रधानाङ्ग र कम्पनीको तर्फबाट कोषमा  उक्त रकम जम्मा गर्ने घोषणा गरेको हो ।

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना संक्रमण नेपालमा पनि देखिन थालेको छ । डब्लुएचओले नै नेपाललाई उच्च जोखिममा राखी नेपाल सरकारले लकडाउनको घोषणा गरेको अवस्थामा पनि कम्पनीले घर घरमा अत्यावश्यक सामान सुरक्षित तरिकाले आपूर्ति गरी सेवा प्रवाह गरीरहेको जनाएको छ ।

सेल्सबेरीले नेपालमा विगत २९ वर्ष देखि अनवरत रूपमा सेल्स वे , सेल्सबेरी ब्राण्डबाट सुपरमार्केट सञ्चालन गरेर सेवा प्रदान गर्दे आएको छ ।

प्रतिक्रिया दिनुहोस्