भक्तपुरबाट रामेछाप जाँदै गरेको जिप दुर्घटना हुँदा दुईको मृत्यु, २८ घाइते



न्युज अफ नेपाल, काठमाडौँ ।

भक्तपुरको सूर्यविनायकबाट रामेछापको दोरम्बा जाँदै गरेको जीप दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

बा १४ च ९४९८ नम्बरको जिप मंगलबार बिहान रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा दुर्घटना भएको हो । मृत्यु हनुेमा दोरम्बा गाउँपालिका–२ कि २५ वर्षीया संगीता पहरी रहेकी छन् भने अर्का एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरु धुलिखेल अस्पताल र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । गाडी सडकबाट करिब १५० मिटर तल खसेको थियो ।

प्रहरी नियन्त्रण्मा रहेका चालकमाथि थप अनसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्