अमेरिकामा कोरोना संक्रमणले विकराल रुप लिँदै



न्युयोर्क,एजेन्सी। 

अमेरिकामा कोरोना भाइरस संक्रमणले अब विकराल रुप लिइरहेको छ । अमेरिकामा घातक कोरोना भाइरसबाट संक्रमित संख्या १ लाख ६४ हजार २ सय ४८ पुगेको छ, जुन चीनको तुलनामा दुई गुणा हो । भाइरसको प्रसार रोक्न अमेरिकाले धेरै कडा नियम लागु गर्न सक्ने अनुमान गर्न थालिएको छ । अमेरिकी राष्ट्र्पति डोनाल्ड ट्र्म्पले आगामी ३० दिन अत्यन्तै महत्वपुर्ण हुने बताएका छन् ।

कोरोना संक्रमणसँग लडिरहेको अमेरिका यस महामारीको विश्वमा केन्द्र बन्दै गइरहेको छ । यस रोगबाट मर्नेको सख्या ३ हजार १ सय ६० नाघेको छ । अमेरिकाको वासिंगटन र न्युयोर्क शहर सबैभन्दा प्रभावित छन् । वासिंगटमा कोरोना भाइरसबाट १ सय ४४ र न्युयोर्कमा १ हजार २ सय भन्दा धेरैको मृत्यु भइसकेको छ ।

कोरोना कहरका कारण अमेरिकाको कयौ राज्यमा आपतकालको घोषणा गरेको छ । स्कुल तथा ब्यवसाय बन्द गरिएको छ । नागरिकलाई सामाजिक दुरी बनाउन र आफुलाई अलग राख्न प्रोत्साहन गरिरहेको छ । आउने ३० दिन अत्यन्त महत्वपुर्ण हुने बताउँदै ट्र्म्पले भेन ( यो युद्धमा हरेक ब्यक्तीले आफनो एक भुमिका निर्वाह गर्नु पर्नेछ ।

हरेक नागरिक, परिवार र ब्यवसाय यो भाइरस रोकेर परिवर्तन ल्याउन सक्छ । यो हाम्रो साझा राष्ट्र्यि दायित्व हो । आगमी ३० दिन सम्म अत्यन्त चुनौतीपुर्ण हुनेछ । हामी ३० दिनसम्म प्रयास गर्नेछौं ताकी हामी पुरानो स्थितिमा फर्कन सकौं । अमेरिकी राष्ट्र्पति ट्र्म्पले आउने दुई हप्तामा अमेरिकामा सबैभन्दा धेरै मृत्यु हुने चेतावनी पनि दिए । यो संकटबाट अमेरिका जुन १ सम्ममा उम्किने पनि उनले बताए ।

ट्र्म्पका एक सल्लाहकारले कोरोना भाइरसले कम्तिमा २ लाखको मृत्यु हुन सक्ने बताएका थिए । त्यो पनि जब अमेरिकाले भाइरस प्रसार रोक्न कडा कदम चाल्नेछ । नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सन डिजिजका निर्देशक डाक्टर एन्थनी फसीको यो अनुमान अमेरिकाका लागि डरलाग्दो भएको न्युयोर्क टाइम्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्