चार्ल्स कोरोना संक्रमणबाट मुक्त



लन्डन,एजेन्सी।

कोरोना भाइरस संक्रमण पुष्टि भएको सात दिनपछि बेलायतका शाही परिवार सदस्य युवराज चाल्र्स स्वस्थ भएका छन् । चिकित्सकको सल्लाहपछि उनी सोमबार आइसोलेसनबाट बाहिर आए । ७१ बर्षिय चाल्र्स गत हप्ता राष्ट्र्यि स्वास्थ्य सेवामा कोरोना परीक्षणपछि स्कटल्यान्डमा आइसोलेसनमा गएका थिए ।

उनका प्रवक्ताले भने ( क्लियरेन्स हाउसले आज (सोमबार) डाक्टरको सल्लाहपछि प्रिन्स अफ वेल्स अब स्वयं एकान्तवासबाट बाहिर आएका छन् । युवराज चाल्र्सकी पत्नी ७२ बर्षिय क्यामिलामा त्यही बेला जाँचमा कोरोना संक्रमण देखिएको थिएन । तर त्यतिबेला देखि नै उनी पनि बालमोरलमा अलग बस्दै आएकी थिइन् ।

यी शाही दम्पतीले गत हप्ता सोमबार मेडिकल जाँच गराएका थिए । त्यस अघि दुबै जनता जेट विमानबाट स्कटल्यान्ड पुगेका थिए । त्यही बेलादेखि उनीहरु क्वारेन्टाइनमा बस्नु परेको थियो ।त्यतिबेला क्लियरेन्स हाउसले भनेको थियो ( युवराजलाई कसरी संक्रमण देखिएको हो पत्ता लगाउन सम्भव छैन ।

किनभने विगतका हप्ताहरुमा उहाँ सार्वजनिक भुमिकामा कयौं कार्यक्रममा सहभागी हुनु भएको थियो । यसअघि मोनाकोका प्रिन्स अल्बर्टमा पनि कोरोना पोजिटिव देखिएको थियो । केही दिन अगाडी मात्रै उनीहरुबीच भेटघात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्