उत्तर कोरियाद्वारा क्षेप्यास्त्रको सफल प्रक्षपण



सोल, (एजेन्सी ) । 

विश्वव्यापि रुपमा भयावह कोरोना भाइरसको महामारी फैलिरहेकाबेला उक्त कोरियाले आइतवार एउटा विशाल रकेट प्रक्षेपकको सफल परिक्षण गरेको छ । दक्षिण कोरियामा यस्तो विषम परिस्थितीमा पनि यसरी अनवशयक परिक्षण कार्य गरेको भनी प्योंगयांगको व्यापक आलोचना गरेको छ ।

दक्षिण कोरियाले उत्तर कोरियाले सो प्रक्षेपक मार्फत दुईवटा छोटो दुरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको दावी गरेको छ । उत्तर कोरियाले समय समयमा अमेरिका र दक्षिण कोरियालाई तनाव दिने उद्देश्यले यसरी क्षेप्यास्त्र प्रक्षेपण गर्ने गरेको छ ।
यस कार्यलाई उत्तरलाई कोरोना काण्डले रोक्न सकेन ।

प्योंगयांगले अहिले सम्म त्यहाँ कुनै पनि कोरोन भाइरस संक्रमित फेला नपरेको जनाएको छ । तर विश्वका स्वास्थ विशेषज्ञहरुले यो भनाईलाई शंका गरिरहेका छन् । पर्वी शहर वोन्सानबाट ति क्षेप्यास्त्र प्रक्षेपण गरिएका हुन् । दक्षिण कोरियाली सेनाका अनुसार समुद«मा खस्नुअघि ति क्षेप्यास्त्रले अधिकतम ५० किमि उचाईमा पुगेर ४ सय १० किमि तय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्