बुलेट ट्रेन अस्पतालमा रुपान्तर



पेरिस (एजेन्सी)

फ्रान्सले आफनो एक हाइस्पिड टीजीवी टे्र्नलाई देशभरी कोरोना विरामी ल्याउन तथा लैजानका लागि अस्पतालको स्वरुपमा रुपान्तर गरेको छ । देशभरी कहीँ पनि यदि कोरोनाको विरामी छ भने उसलाई ५ घन्टामै यो रेलले राजधानी पेरिससम्म ल्याउछ ।

 

रेलको हरेक क्याबिनले ४ विरामीलाई ल्याउन सक्छ । यसमा अक्सिजन, वेन्टिलेटर र मेडिकल स्टाफ जस्ता आपतकालिन सुविधा ब्यवस्थित गरिएको छ ।

 

शुक्रबार गम्भिर स्थितिमा करिब २० कोरोना विरामीलाई उक्त रेलबाट अस्पतालसम्म पुर्यायो । यो रेल एक घन्टामा ३ सय किलोमिटरको गतिमा यात्रा गर्छ ।

 

रेलमा विरामीको रेखदेख गर्ने डाक्टर लियोनेल लामहुटले भने, फ्रान्सको पुर्वी तथा पश्चिम क्षेत्रमा कोरोनाका धेरै विरामी देखापरिरहेका छन् । रेलको हरेक क्याबिनमा अक्सिजन, भेन्टिलेटर र अन्य सबै आवश्यक उपकरणका कारण हेलिकप्टरको तुलनामा धरै सुविधाजनक छ ।

प्रतिक्रिया दिनुहोस्