स्वास्थ्यकर्मीलाई पीपीई प्रदान



शिक्षा पन्त, लमजुङ ।

 

बेसीशहर नगरपालीकाले स्वास्थ्यकर्मीहलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई उपलब्ध गराएको छ । पीपीई नहुँदा उपचारमा समस्या हुने भएकाले नगरपालीकाले नगरभित्रका स्वास्थ्यसंस्था, हेल्थडेस्क, र एम्वुलेन्स चालकका लागी पीपीई उपलब्ध गराएको हो । नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरुको लागी पीपीई उपलब्ध गराएको बेसीशहर नगरपालीकाले जनाएको छ ।

 

नगरप्रमुख गुनमानसिंह अर्यालले नगरपालीकाका स्वास्थ्य शाखा प्रमुख मनोजसिंह बोहरालाई एकमुष्ट २५ थान पिपीई हस्तान्तरण गर्नुभएको हो । पीपीई नहुँदा स्वास्थ्यकर्मीहरुले विरामीहरुको उपचार गर्न नमान्ने डराउने अवस्था रहेपनि अबभने नगरभित्रका स्वास्थ्यकर्मीहरुले ढुक्कले काम गर्ने उहाँले बताउनुभयो ।

 

स्वास्थ्यकर्मीहरुलाई सुरक्षीत बनाउन पर्छ,सुरक्षीत बनाउन सकिएन भने काममा पठाउन नसकिने भएकोले नगरपालीकाले स्वास्थ्यकर्मीको सुरक्षाका लागी पिपीई खरिद गरिएको नगरपालीकाका स्वास्थ्यशाखा प्रमुख मनोजसिंह बोहराले बताउनुभयो ।

 

उहाँले भन्नुभयो, नगरभित्रका ७ ओटा स्वास्थ्य चौकी, ५ ओटा शहरी स्वास्थ्य चौकी, मनाङे चौतारामा राखेको स्वास्थ्य सहायता कक्ष र नगरपालिकामा रहेका स्वास्थ्य सहायतकक्षमा खटिने स्वास्थ्यकर्मीहरुलाई उक्त सामाग्री उपलब्ध गराउने भएको छ । यस नगरमा व्यक्तिगत सुरक्षा सामाग्री (पिपीई) आएपनि, थर्मगनको भने अभाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्