धरानमा पनि कोरोना भाइरस संक्रमणको परीक्षण सुरु



सरोज यादव, विराटनगर ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विश्वव्यापी रुपमा फैलिएको प्राण घातक रोग कोभिड–१९ कोरोना भाइरसको परीक्षण सुरु गरिएको छ ।

आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा प्रतिष्ठानले कोरोना सक्रमणको स्वाबको परीक्षण सुरु गरिएको हो । नेपालमा समेत कोराना रोगको प्रकोप सुरु भएसँगै सरकारले प्रदेश १ का बिरामीलाई सुविधा दिने उदेश्यले प्रतिष्ठानमा कोरानाको परीक्षण सुचारु गरिएको मुख्यमन्त्री राईले बताउनुभयो । उहाँले कोरानाको उपचार र रोगथामका लागि खटिएका चिकित्सकलगायतका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीलाई अतिरिक्त सुविधा दिने प्रदेश सरकारले निर्णय गरेको बताउनुभयो ।

मुख्यमन्त्री राईले कोराना संक्रमितको उपचार प्रभावकारी रुपमा गर्न र बिरामीको उपचारमा कुनै प्रकारको कमीकमजोरी नगर्न प्रतिष्ठानका चिकित्सकलाई निर्देशन दिएका छन् । संघीय सरकारले कोरानाको परीक्षणका लागि आवश्यक किट लगायतका उपकरण उपलब्ध गराएपछि परीक्षण सुचारु गरिएको प्रतिष्ठानका सहायक प्रवक्ता डाक्टर अशोक ऐरले बताउनुभयो । उहाँले कोरोना स्वाव परीक्षण सुरु भएसँगै संक्रमितको आशंका गरिएका व्यक्तिको स्वाब परीक्षणका लागि नमुना संकलन गर्न सुरु गरिएको बताउनुभयो ।

प्रतिष्ठानमा कोरोनाको स्वाब परीक्षण सुचारु भएसँगै प्रतिष्ठानको ल्याबलाई स्त्तरोन्नती गरिएको मेडिसन विभाग प्रमुख प्राडा. संजिवकुमार शर्माले बताउनुभयो । उहाँले कोराना परीक्षणका लागि प्रतिष्ठानमा भएको दुईवटा र सरकारले उपलब्ध गराएको एउटा गरी तीनवटा बायोसेफ्टी क्याविनेट टीको मद्धतले कोरोनाको परीक्षण सुचारु गरिएको बताउनुभयो ।

कोराना स्वाबको परीक्षण गर्न प्रतिष्ठानको बामाइक्रो बाइलोजी विभागका प्रमुख प्रा. डा जसोदा खनाल, डा. नारायण भट्टराई लगायतका चिकित्सक र ल्याब टेक्निसियनलाई परिचालन गरिएको प्रतिष्ठानका निर्देशक डा. गौरीशंकर साहले बताउनुभयो । प्रतिष्ठानमा कारोना रोगको परीक्षण सुचारु भएसँगै प्रदेश १ र २ का कोरोना संक्रमित व्यक्तिको उपचारमा सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्