बुटवलको कोरोना विशेष अस्पतालमा भर्ना भएका एकको मृत्यु



न्युज अफ नेपाल, बुटवल ।

कोरोना भाइरसको आशंकामा रुपेन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना नगरपालिकाका ३४ वर्षीय पुरुष रहेका छन् ।

केही दिन अघि दुबईबाट नेपाल आएका उनमा रुघाखोकी र उच्च ज्वरो देखिएपछि चैत १३ गते कोरोना विशेष अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए ।

केरोना संक्रमणका कारण उनको मृत्युु भएको हो वा होइन भन्नेबारे रिपोर्ट आएपछि मात्र थाहा हुने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्