कोरोना भाइरस महामारीलाई लिएर ब्राजिलका राष्ट्रपतिको विवादास्पद बयान

केही मर्नेछ, यही त जीवन हो : बोल्सोनारो



रियो डि जेनेरो (एजेन्सी)।

ब्राजिलका राष्ट्र्पति जायर बोल्सोनारोले कोरोना भाइरसबाट हुने मृत्युलाई लिएर विवादास्पद बयान दिएका छन् । उनले भने, केही मर्नेछ, यही जीवन हो । यसबीच उनले संक्रमणका कारण साओ पोलीमा भएको मृत्युमा पनि आशंका ब्यक्त गरे । साओ पोलो ब्राजिलको अर्थब्यवस्थाका केन्द्र हो ।

बोल्सोनारो कोरोना भाइरसका कारण देशमा लकडाउन लगाउने पक्षमा छैनन् । यसअघि ब्राजिलका गभर्नरले राष्ट्र्पति माथि कोरोना भाइरससँग लड्न र सामाजिक दुरीसँग भन्दा अर्थब्यवस्थाको चिन्ता गरिरहेको आरोप लगाएका थिए ।

ब्राजिलमा जन स्वास्थ्य विज्ञको सल्लाहपछि देशका २६ गभर्नरले अनावश्यक ब्यावसायिक गतिविधि र सार्वजनिक सेवा रोक लगाएको छ ।बोल्सोनाराले शुक्रबार राती एक अन्तरवार्तामा भने ( मलाई माफ गर्नु होला, केही मान्छे मर्छन्, यही जीवन हो । ट्रफिकका कारण हुने मृत्युका कारण तपाई गाडी कारखाना नै बन्द गर्न सक्दैन ।

बोल्सोनाराले साओ पोलोमा संक्रमणबाट हुने मृत्युको आंकडा अलि धेरै नै भएको बयान दिएका थिए । उनले भने -त्यहाँ के भइरहेको हो, हेर्नु पर्छ । राजनितिक लाभका लागि यसलाई संख्याको खेल बनाउन सकिँदैन ।

ब्राजिलमा अहिलेसम्म ३ हजार ४ सय ७७ संक्रमित पुष्टि भइसकेको छ भने ९३ जनाले ज्यान गुमाइसकेको छ । यसमा साओ पोलोमा मात्रै १ हजार ५ सय संक्रमित रहेको र ७० को मृत्यु भइसकेको छ । यसअघि साओ पालोका गभर्नर जाआओ डोरियाले गलत सुचना दिएको, प्रतिबन्धको आलोचना गरेको र ब्राजिल रोक्न नसक्ने नारालाई चर्काउने प्रयास गरेकोमा बोल्सोनारो आलोचना गरेकी थिइन् । यस प्रकारको नारा इटालीको मिलानमा पनि उठेको थियो ।

ब्राजिलका न्याय मन्त्रालयले सोमबार देखि सबै विदेशीलाई विमानस्थलको माध्यमबाट देश प्रवेश गर्नमा रोक लगाएको छ ।बोल्सोनारोले कयौं पटक आफना आलोचकहरु विरुद्ध विवादस्पद बयान दिएर चर्चामा आइसकेका छन् । आफ्ना निति तथा सामाजिक सन्जालमा अमेरिकी राष्ट्र्पतिलाई फलो गरेका कारण सन् २०१८ मा उनलाई ल्याटिन अमेरिकी महाद्विपका ट्र्म्प भनिएको थियो । बोल्सोनारो नितिमा मात्र होइन, विवादास्पद बयानको मामिलामा पनि ट्र्म्पको अत्यन्त नजिक मानिन्छ । दुबै महिला प्रति घृणा तथा विवादित धारणा राख्ने नेता मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्