नमूना सङ्कलनको ४ दिनपछि मात्र कोरोना संक्रमणको पुष्टि, किन गरिन्छ ल्याब टेस्टमा ढिलाइ ?



भगवती तिमल्सिना, काठमाडौं ।

नेपालमा पाचौं व्यक्ति १९ बर्षिय युवतीमा कोरोना भाइरस रोग संक्रमणको पुष्टि भएको छ । उहाँ कतार एयरको क्यूआर ६५२ एउटै जहाजबाट चैत ४ गते काठमाडौं आउनुभएको बुझिएको छ । उहाँ फ्रान्सबाट आउनुभएकी दोस्रो संक्रमित काठमाडौकी १९ बर्षिय युवती आउनुभएकै जहाजमा आउनुभएको पुष्टि भएको छ ।

पाँचौ संक्रमित युवती बाग्लुङ निवासी भएको र उहाँलाई नेपाल आएको १२ दिन पछि मात्रै कोरोना भाईरस (कोभिड १९) को संक्रमण भएको प्रमाणित भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले मिडिया अपडेटमार्फत गराउनुभएको जानकारी यसप्रकार रहेको छ : पाँचौ केस बेल्जीएमबाट कतार हुँदै काठमाडौ आउँनुभएकी १९ बर्षिय युवतीमा प्रमाणित भएको छ । उहाँ अहिले चिकित्सकको सम्पर्कमा आउनुभएको छ । उहाँको अवस्था सामान्य छ । फेरि पनि केस भेटिएको अवस्थामा परिक्षण बढाउनुपर्ने छ । अझै क्वारेनटाइनमा बस्नुपर्ने देखिन्छ । स्थानिय पालिका, प्रदेशबाट खबर आएको छ, कृपया यसरी यात्रा गर्नुभएका हरेक व्यक्तिले घरमै बसेर आफु र अरुलाई सघाईदिनुस् । केही समस्या परेमा कल सेन्टरमा सम्पर्क गर्नुहोला । अहिलेको उपाय घरभित्र बस्नु नै हो । केही समस्या परेमा तोकिएका नम्बरमा कल गर्नुहोला ।

कल सेन्टरमा ६ हजार भन्दा बढी प्रश्न आएका छन् । कतिपयले क्वारेन्टाईनमा नबसेको पनि गुनासो गर्नुभएको छ । सूचनाका लागि कल सेन्टर ११३३ नयाँ थप गरिएको छ । यस पहिला १११५ कल सेन्टर चालु भएको थियो । यी दुबै कल सेन्टर २४ सैं घण्टा चालु रहने छ । वेभसेन्टरमा भिडियो क्लिपहरु राखिएको छ । कोरोना परिक्षण सहज बनाउनकै नेपालको वाइडबढी जहाज शनिवार दिउसो १२ बजे चीन गएको छ । चिकित्सकको सुरक्षाका लागि चाहिने प्रमुख सामग्रीहरु पिपिई र ल्याब्रोटर सामान सहित अन्य सामान ल्याउँँदैछ ।

सामान आएपछि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परिक्षण शुरु हुने भएको छ । स्वास्थ्य कर्मीलाई पिपिई प्रयोग नगरि कोरोना परिक्षणका लागि पठाउन नहुने कुरा यथार्थ हो । केही मात्रामा प्रयोग गरेर चलाएका र्छौ । आईबार सोमबार सम्म नयाँ थप सामग्री ल्याउँदै छौ । सम्भावित अध्ययन हेटौडा र पोखरामा ल्याब्रोटरी परिक्षण शुरु गरिन्छ । नेपाल उद्योग परिसंघले करिब ७५ हजार सर्जिकल माक्स र १०० वटा पिपिई उपलबध गराएको छ । त्यसैगरि अन्य औधोगिक निकायबाट प्राप्त भएको छ ।

पाँचौ कोरोना प्रमाणित भएकी १९ वर्षकी युवतीसंगै एउटै जहाजमा आउनुभएकी जेष्ठ महिलालाई लिन आउनुभएका आफन्त ती युवती सहित ३ जना चैत्र ४ गते काठमाडौमै बसी चैत ५ गते माइक्रो बसमा संगै बाग्लुङ पुगी सपरिवार साथमै बसेको र ८ गते एक दिन सामान्य ज्वरो आई उपचार विनै निको भएकोले परिक्षण नै नगरिएको र दुईदिन पछि पुनः ज्वरो आएपछि चैत्र ११ गते धौलागिरी अञ्ल अस्पतालले घरमै स्वास्थ्यकर्मी टोली पठाई स्वाब परिक्षणका लागि संकलन गरेको थियो । तर उक्त नमूना चैत्र १४ गते शुक्रवार मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्राप्त गरेको बुझिएको छ । १५ चैत्रमा रिपोर्ट पोजेटिभ आएको छ तर युवती घरमै सामान्य अवस्थामा आईसोलेनमा बसेकी छन र उनलाई धौलागिरी अञ्चल अस्पताल लैजान पनि एउटा मात्र आईसियू भएकाले स्वास्थ्यकर्मीहरुनै अन्योलमा परेको अवस्था रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्