इटालीमा ४५ डाक्टरको मृत्यु



एजेन्सी । इटालीको डाक्टर एसोसिएसनले कोराना संक्रमणबाट अहिलेसम्म ४५ डाक्टरको मृत्यु भइसकेको जनाएको छ ।

संगठनका अध्यक्ष फिलिपो एनेलीले उक्त जानकारी दिँदै किोरोनाविरुद्ध युद्ध जारी रहेको बताए । यस क्रममा आफ्ना ४५ डाक्टरको पनि मृत्यु भइसकेको उनले बताए ।

यसबीच इटालीमा कोरोना संक्रमित १ सय १ बर्षिय बृद्ध स्वस्थ भएर घर फर्केको समाचारले केही राहत भने पुर्याएको छ । वृद्धको नाम सार्वजनिक गरिएको छैन । तर उनको जन्म सन् १९१९ मा भएको बताइएको छ । वृद्धलाई गत हप्ता अस्पताल ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्