रसिया पनि ‘लकडाउन’



मस्को, (एजेन्सी) ।

राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशसंगै शनिवारदेखि रसियामा पनि कोरोना भाइरस फैलिन नदिने ‘एकसाता लामो काम बन्द’ (लक डाउन) शुरु भएको छ । सरकारले जनतालाई आ-आफ्ना घर भित्र बस्न आब्हान गरेको छ ।

तर सरकारको अलि अस्पष्ट र मिश्रित सन्देशको कारण जनता अन्यौलमा परेको बताइएको छ । सरकारी अधिकारीहरुले स्वास्थ परिस्थितीलाई हेरेर यो नयाँ बन्देज आगामी ५ अप्रिल सम्म लम्बिन सक्ने पनि बताएका छन् ।

शुक्रवारसम्ममा कोभिड –१९ संक्रमित संखया १ हजार नाघिसकेको छ । अधिकांश संक्रमित राजधानी मस्कोमा भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्