ट्रम्पद्वारा भेन्टिलेटर निर्माण गर्न आदेश



वासिंगटन, (एजेन्सी) ।

अमेरिकाको विशाल कार निर्माण कम्पनी जनरल मोटर्सका प्रमुख कार्यकारिणी अधिकारीलाई लक्षित गर्दै शनिवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस पिडितिहरुका लागि भेन्टिलेटर बनाउन आदेश दिएका छन् ।

ट्रम्पले कोरियाली युद्ध कालिन प्रतिरक्षा उत्पादन कानुनलाई सम्बोधन गरेका हुन् । सो कानुनले राष्ट्रपतिलाई कम्पनीहरुलाई राष्ट्रिय प्रतिरक्षाका लागि आवश्यक सामानहरु उत्पादन गर्न लगाउने अधिकार प्रदान गर्दछ । ट्रम्पले जनरल मोटर्सले समय खेर फालिरहेको र त्यसले अमेरिकीहरुको ज्यान जोगाउने काम गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।

पछिल्लो तथ्यांक अनुसारमा अमेरिकीमा कोरोना संक्रमितको संख्या १ लाख ४ हजार पुगेको छ । जुन संख्या विश्वमै सबैभन्दा बढि हो । यसैगरी मृतकको संख्या १ हजार ७ सय पुगेको छ । मृतकको संखया भने चीन र इटालीको तुलनामा न्युनै रहेको छ ।

यसअघि ट्रम्पले कोरोना भाइरससंग लड्नकालागि कम्पनीहरुले स्वतस्फुर्त रुपमा आफ्ना काम गरिरहेकाले प्रतिरक्षा आदेश जारी गरिरहनु नपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्