कोरोना कोषमा सिद्धार्थ बैँकको १० लाख सहयोग



न्युज अफ नेपाल, हेटौंडा ।

बागमती प्रदेश कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सिद्धार्थ बैंकले १० लाख रकम सहयोग गरेको छ । बैंकका हेटौंडा शाखा प्रमुख अर्पण सन्जेलले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई सहयोग रकमको चेक शनिबार हस्तान्तरण गर्नुभयो ।

विश्वव्यापीरुपमा फैलिएको भाइरस नियन्त्रणमा सरकारसँग हातेमालो गर्न कोषमा रकम जम्मा गरिएको बैंकले जनाएको छ । महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकार आफ्नो तवरले लागिरहेको भन्दै बैंकले गरेको सहयोगप्रति मुख्यमन्त्री पौडेलले धन्यवाद दिनुभयो ।

सरकारले मात्र चाहेर नहुने भन्दै उहाँले विभिन्न संघसंस्था, व्यक्तिलगायत सबैले सहयोग गर्न जरुरी रहेको बताउनुभयो । बैंकिङ क्षेत्र अत्यावश्यक सेवा क्षेत्र रहेकोले आवश्यकताअनुसार सुरक्षा अपनाएर सेवाप्रवाह निरन्तर गर्न उहाँले अनुरोध गर्नुभयो । सात वटा प्रदेशमा १० लाखका दरले कोषमा रकम जम्मा गर्ने निर्णयअनुसार बागमती प्रदेशमा पनि रकम हस्तान्तरण गरिएको शाखा प्रमुख सन्जेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्