लकडाउनको अवधि बढाएर २१ दिन पुराउँदै



काठमाडौं ।

सरकारले लकडाउनको समयावधि बढाउने तयारी गरेको बुझिएकाे छ । एक साताका लागि लगाइएको लकडाउनको अवधि बढाएर २१ दिन पुराउन लागिएको बताइएकाे छ । सरकारले अहिलेकै अवस्थामा लकडाउन खोल्ने अवस्था नरहेकाले थप कडाइ गर्ने तयारी गरेको हाे ।

सरकारले चैत ११ गतेदेखि १८ गते बिहानसम्म एकसाताका लागि सरकारले लकडाउन घोषणा गरेको थियो । भारतले कोरोना संक्रमण फैलन नदिन बुधबारबाटै लागू हुने गरी २१ दिनका लागि लकडाउन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्