गल्याङमा ७६ जना होम क्वारेन्टाइनमा, ८ शैयाको आइसोलेसन वार्ड तयार



भूपराज बस्याल, स्याङ्जा ।

स्याङ्जाको गल्याङ नगरपालिकामा बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड १९) को उच्च सतर्कता अपनाइएको छ ।

नगरपालिकाका मेयर भुपराज अधिकारीको संयोजकमा काम गरिरहेको कोरोना भाइरस ( कोभिड १९ ) उच्च सतर्कका समितिले हालसम्म उक्त पालिकामा बिदेश बाट भित्रिएका ७६ जना नेपालीलाइ होम क्वारेन्टाइनमा राखेको छ भने विभिन्न वडामा क्वारेन्टाइनको बनाएको छ । चार नम्बर प्रदेशको मुख्य नाका राम्दीमा हेल्थ डेक्स राखेसंगै सतर्कता अभियानलाई तीव्रता दिएको मेयर भूपराज अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ नगरपालिकामा मेरो संयोजकमा समिती बनेको भएपनी सबै वडामा वडा अध्यक्षको संयोजकमा उप समिति निर्माण गरेर भाइरसको सतर्कता सम्बन्धि काम भैइरहेको छ । “

गल्याङ नगरपालिका तीनमा रहेको नगर हस्पिटलको नजिकै आठ सैयाको आइसोलेसन वाड तयारी पारिएको अधिकारीले जानकारी दिनुभयो । “ हामीले हस्पिटल नजिकै आइसोलेसन वाड तयार पारेका छौं भने सबै वडामा क्वारेन्टाइनको ब्यबस्था मिलाउने तयारीमा छौँ कतिपय ठाउँ निर्माण भैइसकेको छ भने कतिपय ठाउँमा निर्माणाधीन अवस्थामा । “ उहाँको भनाइ थियो । हालसम्म वैदेशिक रोजगारको क्रममा दुबई, भारत, कुवेत, कतार लगायतका देश बाट आउनुभएका ब्यक्तिलाई क्वारेन्टाइनमा राखिएको पनि उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाको वडा नम्बर एकमा २७ सदस्यीय समिति बनाएर काम गरिरहेको वडा अध्यक्ष गणेश बस्यालले जानकारी दिनुभयो उहाँले भन्नुभयो “ उच्च सतर्कका लाई ध्यानमा राख्दै सार्वजनिक माविमा क्वारेन्टाइन वाड निर्माण गरेका छौं । “ त्यस्तै हामीसंग कुराकानी गर्दै नगरपालिका वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराईले समग्रमा अवस्था सामान्यनै रहेको भन्दै आतंकित नहुन तर सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो । “ हाम्रो वडामा अहिलेसम्म वैदेशिक रोजगारी बाट फर्किएका तीन जान हुनुहुन्छ उहाँहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ “ उहाँले भन्नुभयो ।

बिशेषगरि बजार क्षेत्र रहेको हुँदा अन्य वडाको तुलनामा यो वडामा उच्च सतर्कता बढी अपनाउनुपर्ने भन्दै बजारमा दैनिकी उपभोग्य बस्तु अभाव सिर्जनासंगै कालाबजारी हुन नदिन पनि बिशेष काम गरिरहेको उहाँले बताउनुभयो । “ म आफै घर घरमा गएर सबैलाई आग्रह गरेको छु । बजारमा समान पाउनुभएन भने मलाई सम्पर्क गर्नुस् । “ उहाँको भनाइ थियो । सरकारले गरेको लकडाउनमा सबै नगरवासीले साथ दिएको हुँदा लक डाउन पुर्ण रुपमा पालना भएको पनि उहाँले बताउनुभयो ।

हामीसंग कुराकानी गर्दै गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीले दुई नम्बर वडामा १७ सदस्यीय उप समिती मार्फत काम भैइरेको जानकारी दिनुभयो । उक्त वडामा ६ शैयाको क्वारेन्टाइनमा समेत निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । नगरवासी सबैलाई त्रसित नहुन तर उच्च सतर्कता अपनाउन अधिकारीले अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्