सरकारले गरेको लकडाउ अवज्ञा, प्रशासन अगाडि पास लिन आउनेको भिड



न्युज अफ नेपाल, कास्की ।

विश्व कोरोनाको महामारीमा परको स्थितिमा अधिकांश राष्ट्रमा लकडाउन घोषणा गरियो ।

हरेक राज्यले आफ्नो नागरिकको स्वास्थ्य जोगाउनको लागि राज्यको तर्फबाट लक डाउन गरेको हो । चाइनाको वुहान सहरबाट फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) ले विश्वका शक्तिशाली राष्ट्रहरुमा समेत मानविय क्षति पुर्याएको छ । हाल सम्म विश्वमा १७ हजार बढि मानिसले ज्यान गुमाइसकेका छन् ।

तर कास्की प्रशासनमा भने सवारी पास लिन आउनेको भिड् देखिन्छ । राज्यले कोरोनाबाट हुन सक्ने सम्भावित जोखिमबाट बच्नको लागि देश नै लक डाउन गरेपनि नागरिकहरुभने लक डाउनको अवज्ञा गर्दै सवारी गुडाउन छाडेका छैनन् ।

बुधबार (लाक डाउनको दोस्रो दिन ) जिल्ला प्रशासन कार्यालय कास्कीमा भने सवारी पास लिन आउनेको भिड निकै थियो तर प्रशासन भने मौन देखियो । नागरिकको स्वास्थ्य प्रति राज्यले गरेको निर्णयमा जिल्ला प्रशासन कार्यालय कास्की भने निकै फितलो देखियो ।
प्रशासनमा पास लिन आउदाँ मानिसहरुले विभिन्न बाहाना बनाउँदै पास लिने गरेको स्थानिय दिलबहादुर गुरुङले जानकारी दिए । यस विषयमा बोल्दै जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक जिल्ला प्रमुख श्रीनाथ पौडेलले केहिमात्रामा पास दिएको बताए ।

मानिसको विविध समस्या रहेकाले समस्या बुझेर पास दिएको बताए । “यहाँ पास लिन आउने कोहि बाबा वितेका, आमा वितेको, काका वितेको, विरामी, सुत्केरी लगायत कुरा लिएर आएका छन् समस्यामा परेकालाई वितरण गरेका छौँ” पौडेलले भने । पास दिने निति नभएपनि विसम परिस्थितिको कारण दिन परेको बताए । भिडभाड नियन्त्रण गर्न प्रयास गरेको तर पनि नमानेको स्विकारे । प्रशासन अघि नै लक डाउनको स्थितिमा भिडभाड हुदाँ समेत प्रशासन मौन देखिनुले कास्की प्रशासनको फितलो सुरक्षा भएको देखिन्छ ।

यसरी नै अवज्ञा गर्दा प्रशासन मौन हुदाँ ठुलो क्षति पुर्याउँदैन भन्न सकिदैँन । प्रशासनमा पास लिन बस्ने मानिसहरु साझँ ५ पछि पनि धाइरहेका थिए । प्रहरीले माइकिङ गर्दै भिडभाड नगर्न आग्रह गरेपनि नागरिकले भने त्यसको अवज्ञा गरेका थिए । कास्कीमा लक डाउन उल्लघन गर्नेलाई कुनै कार्वाहि भएको छैन । राज्यले घोषणा गरेको निर्णयको उल्लघन गर्नेलाई कार्वाहि गर्नपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्