‘चर्च र मस्जिदमा कोरोना नबाँच्ने’



दोदोमा ,(एजेन्सी)।

तान्जानियाका राष्ट्रपति जोह्न मागुफुलीले चर्च र मस्जिद सही उपचार हुने स्थान भएकाले त्यहाँ मानिसहरुलाई जम्मा हुन अझै सम्म रोक नलगाइएको आइतवार बताएका छन्। रसायन शास्त्रमा बिद्यावारिधि गरेका क्याथोलिक धर्मालम्वी नेता उनले भेनका छन् ।

‘कोरोना भाइरस दुष्ट आत्मा हो। यो जिससका ेशरिरम बस्न सक्तैन , बरु यो तत्कालै जल्छ। यस्तो बेला हामी धर्म प्रतिको आस्था बढाउनु पर्दछ। राजधानी दोदोमा स्थित एउटा चर्चमा प्रार्थनाका लागि आफ्ना समर्थकहरुबिच आएकाबेला उनले सो विचार प्रकट गरेका हुन्।

पुर्वी अफ्रिकी मुलुक तान्जानियामा कोराना भाइरसको पहिलो घटना सार्वजनिक हुने बित्तिकै सरकारले सम्पूर्ण बिद्यालय, कलेज र विश्वविद्यालय बन्द गर्नुका साथै कम्तिमा एक महिना सम्मका लागि सबै खेलकुद कार्यक्रम स्थगन गरेको हो।

त्यहाँ अहिले सार्वजनिक स्थलमा जमघट हुन पनि दिइएको छैन। राथै मागफुलीले कोराना भाइरस सम्बन्धमा ख्यालठटा गर्ने तथा हो–हल्ला फिजाउनेहरुलाई पनि पक्राउ गरि कारवहाी अघि बढाइने चेतावनी दिएका छन्। तान्जानिया मा अहिले सम्म १२ जना संक्रमित फेला परिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्