भन्सार राजस्व लक्ष्यभन्दा आधा कम संकलन



नेपाल समाचारपत्र, काठमाडौं।

उत्तरका दुईवटा नाका लामो समयदेखि बन्द रहँदा भन्सार राजस्व लक्ष्य बमोजिम संकलन नहुने भएको छ। भन्सार विभागका निर्देशक एवम् सूचना अधिकारी शिशि कुमार घिमिरेका अनुसार कोरोना भाइरसका कारण उत्तरका नाका बन्द हुँदा राजस्व संकलन कम भएको हो। चालू आर्थिक बर्ष २०७६/७७ मा भन्सार राजस्व ४ खर्ब ७३ अर्ब संकलन गर्ने लक्ष्य राखिएकोमा प्रथम आठ महिनासम्ममा २ खर्ब ३५ अर्ब मात्र संकलन भएको छ।

जुन चालू आवमा अनुमान गरिएको भन्सार राजस्वको ४९ दशमलव ८२ प्रतिशत मात्र हो। त्यस्तै यस अवधिसम्ममा ३ खर्ब १७ करोड संकलन हुने अनुमान गरिएकोमा २ अर्ब ३५ करोड मात्र संकलन भएको छ। जुन संकलन अनुमानको ७४ दशमलव ३३ प्रतिशत मात्र हो।

आठ महिनामा ३७ अर्ब ६५ करोड राजस्व संकलन हुने अनुमान गरिएकोमा २८ अर्ब १६ करोड मात्र संकलन भएको छ। जुन फागुन महिनामा अनुमान गरिएको भन्सार राजस्वको ७४ दशमलव ८० प्रतिशत मात्र हो। फागुन महिनासम्ममा आयातमा लाग्ने भन्सार महशुल १ अर्ब २५ अर्ब संकलन हुने अनुमान गरिएकोमा ९० अर्ब २४ करोड मात्र संकलन भएको छ।

विभागका अनुसार निर्यातमा लाग्ने भन्सार महशुल १० करोड ९८ लाख संंकलन हुने अनुमान गरिएकोमा ६ करोड ६४ लाख मात्र र बैदेशिक व्यापारमा आधारित अन्य कर (कृषि सुधार शुल्क, अग्रिम आयकर, स्वास्थ्य जोखिमकर, पूर्वाधार कर) १७ अर्ब २४ करोड संकलन हुने अनुमान गरिएकोमा १३ अर्ब ६३ करोड मात्र संकलन भएको छ।

फागुन महिनासम्ममा मूल्य अभिवृद्धि कर १ खर्ब ३१ अर्ब करोड संकलन हुने अनुमान गरिएकोमा १ खर्ब ७६ करोड मात्र र अन्तःशुल्क ४२ अर्ब ७४ करोड संकलन हुने अनुमान गरिएकेमा ३१ अर्ब १९ करोड मात्र संकलन भएको छ। फागुन महिनासम्ममा भन्सार राजस्व लक्ष्य अनुरुप संकलन भएको छैन। अघिल्लो वर्षको प्रथम आठ महिनासम्ममा २ खर्ब ४३ अर्ब २७ करोड राजस्व असुली भएकोमा चालू आवको आठ महिनासम्ममा २ खर्ब ३५ अर्ब मात्र हुँदा अघिल्लो बर्षको तुलनामा ३ दशमलव ३ प्रतिशत न्यून भएको हो।

त्यस्तै सडक सुधार दस्तुर र सडक मर्मतसम्भार दस्तुर संकलनको लक्ष्य नतोकिएता पनि सोही अवधिसम्ममा क्रमशः ३ अर्ब ५४ करोड र ६ अर्ब ८२ करोड संकलन भएको छ।

राजस्व असुली पनि न्यून

फागुन महिनामा आयातमा लाग्ने भन्सार महशुल १४ अर्ब ८७ करोड संकलन हुने अनुमान गरिएकोमा १० अर्ब ७० करोड मात्र संकलन भएको छ। निर्यातमा लाग्ने भन्सार महशुल १ करोड ३० लाख संकलन अनुमान गरिएकोमा ७१ लाख ३२ हजार मात्र, वैदेशिक व्यापारमा आधारित अन्यकर २ अर्ब ४ करोड संकलन अनुमान गरिएकोमा २ अर्ब १८ करोड मात्र संकलको भएको छ।

त्यस्तै फागुन महिनामा मूल्य अभिवृद्धि कर १५ अर्ब ६३ करोड संकलन हुने अनुमान गरिएकोमा १२ अर्ब ४६ करोड मात्र र अन्तःशुल्क ५ अर्ब ८ करोड संकलन हुने अनुमान गरिएकोमा २ अर्ब ८० करोड मात्र संकलन भएको छ।

अर्थात फागुन महिनामा भन्सारबाट अनुमान गरिएको कुनै पनि राजस्व पूर्बानुमान अनुरुप संकलन भएको छैन। त्यस्तै फागुन महिनामा सडक सुधार दस्तुर र सडक मर्मतसम्भार दस्तुर संकलनको लक्ष्य नतोकिएता पनि क्रमशः ४६ करोढ ९३ लाख र ५३ करोड ४३ लाख संकलन भएको छ।

नेपालको वैदेशिक कारोवार ३० वटा नाकावाट हुने गरेकोमा चालू आवको आठ महिनासम्ममा सुनसरी, ठाँडी, जनकपुर, महेशपुर र रसुवावाहेक सबै नाकावाट राजस्वको वार्षिक लक्ष्यभन्दा न्यून संकलन रहेको छ।

प्रतिक्रिया दिनुहोस्