लक्ष्मी बैंकको १२१औं शाखा पनौतीमा



काठमाडौं, (नेस)।

लक्ष्मी बैंकले १२१औं शाखा काभ्रेको पनौतीमा संचालनमा ल्याएकोे छ। नयाँ शाखासँगै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२१ शाखा, ४ एक्सेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १५० एटीएम, २५ सयभन्दा बढी रेमिटेन्स् एजेन्टतथा ६४ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ।

लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ। सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँचन पुगेका क्षेत्रमा आक्रामक रुपमा सेवा विस्तार गर्दैआएको छ।

प्रतिक्रिया दिनुहोस्