मेलिनाको शुभकामना



विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण नेपाली चलचित्र उद्योग पूर्णरूपमा प्रभावित भए पनि नेपाली सांगीतिक क्षेत्रका गीतहरू भने केही संख्यामा सार्वजनिक भइरहेका छन्।

 

यसै क्रममा ड्रिम्स गेट इन्टरटेन्मेन्टले गायिका मेलिना राईको स्वरमा शुभकामना बोलको गीत सार्वजनिक गरेको छ। कवि तथा गीतकार भावेश भुमरीको शब्द र रोशन गुरुङको संगीत रहेको गीतको म्युजिक भिडियोमा मोडल अञ्जली अधिकारी र बालकलाकार एरिक बी शाहले अभिनय रहेको छ। गौरव गिरीको निर्देशनमा बनेको म्युजिक भिडियोमा उत्तम हुमागाईंको छायांकन र सुरेश राउतको सम्पादन रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्