कोरोना भाइरसबाट बच्न गाउँमा जनचेतना



दयाराम पण्डित, बाजुरा

विश्वमा फैलिएको कोरोना भाइरसबाट (कोभिड १९) बच्न बाजुराका गाउँगाउँमा पनि सचेतना फैलाउन पर्चा पम्पलेट बाँड्न थालिएको छ।

 

बाजुराका ९ वटा स्थानीय तह सरकारी कार्यलय, गैरसरकारी संस्थाले चेतना फैलाउने काम तीब्र रूपमा अघि बढेको छ। स्थानीय बुद्धिजीवीले टोलटोलमा पुगेर कोरोना भाइरसका लक्षणका बारेमा जानकारी र महामारीबाट बच्ने उपायसमेत सिकाउन थालेका छन्।

बुढीगंगा नगरपालिकाले टोलटोलमा पुगेर कोरोना भाइरस बारे जानकारी दिने, पोस्टर बितरण गर्ने गरेको बुढीगंगा नगरप्रमुख दीपकविक्रम शाहले जानकारी दिनुुभएको छ ।

 

नगरपालिकाका टोल टोलमा जनप्रतिनिधि कर्मचारी र स्वास्थ्यकर्मी परिचालन भएका छन्। गाउँघरमा पुगेर कोरोना भाइरसबाट सरसफाइमा ध्यान दिने साबुनपानीले हात धुने धेरै भिडभाड नगर्नेजस्ता चेतनामूलक जानकारी दिएको शाहले भन्नुुभयो।

 

प्रतिक्रिया दिनुहोस्