कोरोनाबाट रियलका पूर्वअध्यक्षको मृत्यु



लन्डन, (एजेन्सी)

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट स्पेनिस क्लब रियल मेड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ। उनको उपचारको क्रममा ७६ वर्षको उमेरमा मृत्यु भएको हो।

विश्वलाई ‘लकडाउन’ को अवस्थामा पुर्याएको कोरोना भाइरसको लक्षण देखिएपछि सान्जलाई यसै साता अस्पताल भर्ना गरिएको थियो। सान्जका छोरा लोरेन्जोले शनिबार सामाजिक सन्जाल ट्वीटरमार्फत आफ्ना पिताको मृत्यु भएको पुष्टि गरेका हुन्। त्यसपछि रियल र ला लिगाले पनि विज्ञप्ति जारी गर्दै समवेदना प्रकट गरेका छन्।

‘कोरोना संक्रमणपछि मेरा पिताको मृत्यु भएको छ,’ –लोरेन्जोले लेखेका छन्। सन् १९९५ देखि २००० सम्म रियलको अध्यक्ष रहेका लोरेन्जो मास्टरमाइन्डका रूपमा परिचित थिए। उनको कार्यकालमा रियलले दुईपटक यूईएफए च्याम्पियन्स लिग र ला लिगा र युरोपियन कप विनर्स कप समान एक/एकपटक जितेको थियो। उनकै कार्यकालमा रियलले ३२ वर्षपछि च्याम्पियन्स लिग जित्न सफल भएको थियो।

रियलले १९९८ मा च्याम्पियन्स लिग जित्ने क्रममा इटालीयन क्लब युभेन्ट्सलाई पराजित गरेको थियो। त्यसको दुई वर्षपछि पनि रियलले च्याम्पियन्स लिगको ट्रफी जित्दा उनी क्लबका अध्यक्ष रहेका थिए।

त्यतिबेला उनले रियलमा डाभोर सुकर, रोबर्टाे कार्लाेस र निकोलस एनेल्का जस्ता खेलाडीलाई क्लबमा भिœयाउन सफल भएका थिए। राउल गोन्जालेज र गुटी पनि टोलीमा रहेका थिए। सान्जका छोरा फर्नान्डोले पनि रियलका लागि १९९६ देखि १९९९ सम्म खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्