फेरि बढ्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् आजको भाउ



काठमाडौं ।

 

आज सुनचाँदीको भाउ बढेको छ । आइतबार सुन प्रति तोलामा १ हजार र चाँदी २० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन प्रति तोला ७६ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको छ ।

 

शुक्रबार सुन प्रति तोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजाबी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासँघले जनाएको छ ।

 

त्यस्तै आज चाँदीको भाउ पनि २० रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रति तोला ७२० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्