विपन्न विद्यार्थीलाई स्वास्थ्य तथा शैक्षिक सामाग्री वितरण



सरस्वति न्योपाने, रसुवा ।

 

जिल्लाको नौकुण्ड गाउँपालिका वडा नं. १ स्थित सिङबन्दीमा रहेको सिङबन्दी प्रा.वि.का ३५ विद्याथीलाई स्वास्थ्य सम्बन्धिका साथै शैक्षिक सामाग्री वितरण गरिरहेको छ ।

 

बिएन नसिंङ सकेर हाल कोमिन स्यामेवाङफेल मा.वि. स्कुल नर्समा कार्यरत प्रतिमा लामाले ग्रामिण विपन्न विद्यार्थीहरुको पठन—पाठन सुधार होस र हाल फैलिएको कोरोना भाइरसको बारेमा जानकारी दिई दैनिक प्रयोग हुन स्वास्थ्य सम्बन्धि सामाग्री शैक्षिक सामाग्री वितरण गर्नु भएको छ ।

 

सिङबन्दी प्रा.विका प्रधानाध्यापक कार्बो थोक्राले बन्नु भयो यो सिङबन्दी अति विकट पिछडीएको ठाउँ हो जो कोहीको आँखा पर्दैन टेलिफोन मोबाइल समेत टिप्दैन विरामी पर्दा हार गुहार पर्दा केही गर्न सकिदैन त्यस्तो ठाउँ हो यहाँ आएर नर्स प्रतिमा ले व्यक्तिगत रुपमा विद्यार्थीलाई निरोगी बन्न र पठनको लागी, कपी, कलम, पेन्सील स्कुृल झोला लगाएत नेलकटर डिटोल साबुन ब्रस, मन्जन लागएतका सामाग्री वितरण गरेको मा विद्यालय परिवार अविभावकहरु को धन्यवादको पात्र बनेकी छन ।

 

जिल्लाकै पिछडिउको र पछाडी परेको सिङबन्दी बच्चा भन्ने ठाउँमा जो कोही जादैनन त्यसैले मेगा बैंक स्याफ्रु शाखा विएसी नर्सिङ प्रतिमा लामाले त्यहाँ जाने निधो गरी विद्यार्थी ३५ जना, शिक्षक अविभावक सबै भेला पारी सरसफाईमा ध्यान दिई पठाई राम्रो गर्नु पर्छ भनि जनचेतना अभियान स्वरुप कार्यक्रम नै सञ्चालन गर्नुभएको थियो ।

 

ओझेलमा परेको यस ठाउँमा स्वास्थ्यकर्मी, बैंक मेनेजर पात्रका शिक्षक विद्यालयका प्र.अ. कार्पु थोक्राले धन्यवाद व्यक्त गर्दै अगामी दिनहरुमा पनि त्यस्तै सहयोगको अपेक्षा गर्नु भयो । पढेर—विदेश जनै पर्ने भन्ने मान्यता तोडेर नर्स प्रतिमा ग्रामिण भेडका बालबालिका बुढाबुढीहरुको सेवामा समर्पित भएर हरेक ग्रामिण भेगमा पुग्ने गरेको बताउनु हुन्छ ।

 

प्रतिमाले हरेक गाउँ बस्तीमा पुगेकी छन् । दिन दुखिको सेवाका लागी अहोरात्र खटेकी छन् । उनको खुलेरै प्रशंसा गर्छन । उनलाई चिनेजानेका हरु यसरी समाजसेवा मा खुलेर नै अहोरात्र खट्ने उनी मात्र रहेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनु भयो ।

 

नेकपा रसुवाको जिल्ला अध्यक्ष करन्याल तामाङको कान्छी छोरीको रुपमा रहेकी उनी बुबोको प्रेरणा र श्रीमान छोक्याल दोर्जे लामाको सहयोगले गर्दा उनी समाजसेवामा होमिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्