‘‘कोरोनाको मृत्युु’’



नारायण खनाल, मालारानी–३, अर्घाखाँची ।

 

(कविता)

संसार क्वाम्मै निल्ने आँटले
संसार भर आफ्नो नाम चम्काउन
संक्रमणको महान लक्ष्य लिइ
जन्मिएको भाइरस (कोभिड–१९)
संसार क्षतविक्षत पार्ने सुरमा छ
मानव अस्तित्व संकटमा पार्ने
दुस्साहस रचिरहेको छ।

 

बिचरा ! कोरोनालाई के थाहा
आफन्त गुमाउँदै ,रुँदै चुपचाप
बस्न सक्दैन मान्छे
किनकि
आफ्नो बुद्धिले
संसार मुठ्ठीमा राख्ने मान्छे
आफ्नै ,लापरबाहीले
आफन्त गुमाउनुको पिडाबोध गरिरहेको छ।
केही मान्छे निल्न सफल भएकोमा
महामारीको हौवा फिजाउँदै
त्यही उत्साहमा संसार भर
शिकार गर्दै, हिडिरहेको कोरोनाको
अन्त्य खोजीरहेकोछ।
आफ्नो गल्तिले पाठ सिकिरहेको छ
कोरोना विरुद्धको अभियानमा
सफलता हासिल गर्दैछ ।
त्यसैले ‘‘कोरोनाको मृत्यु’’
अवश्यम्भावी छ।

 

साबुनपानीले राम्रोसँग हात धुँदै
भिडभाडबाट जोगिँदै
मास्क र सेनिटाइजरको प्रयोग गर्दै
स्वास्थ्यका सम्पूर्ण नियम
पालना गर्दै
कोरोना विरुद्धको लडाइँमा
मानव एक बनेको छ।

 

सेल्फ क्वारेन्टाइनमा
बसिरहेको छ, मान्छे
सहयोगी मनहरु जन्मिरहेछन्
सबै मिलेर आत्मबल बढाइरहेको छन्
मानवीयताको उच्चतम प्रयोग
गरिरहेकाछन्
कर्तव्य निभाइरहेछन्
सचेतना फैलाइरहेका छन्
त्यसैले, त अब
‘‘कोरोनाको मृत्यु’’
अवश्यम्भावी छ
बाँकी छ त केवल
शतगतको तयारी
सबै मिलेर मशानघाटमा
कोरोना र कोरोनारुपिलाई
सँगै पोल्ने काम ।

प्रतिक्रिया दिनुहोस्