कोरोनाबारे सामाजिक सञ्जालमा भाइरल अडियोको अनुसन्धानमा जुट्यो प्रहरी



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा कोरोना भाइरस संक्रमित फेला परेको भन्दै रेकर्ड गरिएको अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ । जनतामाझ अफवाह फैलाएर त्रासपूर्ण वातावरण बनाएको भन्दै प्रहरीले सो अडियोको बारेमा अनुसन्धान थालेको हो ।

प्रहरीले झुटो हल्ला फैलाउने व्यक्तिको खोजी गरी कारवाही हुने चेतावनी दिएको छ । सरकारले समेत कोरोना भाइरसका बारेमा अफवाह फैलाउनेलाई कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिँदै आएको छ ।

सामाजिक सन्जालमा भाइरल भइरहेको सो अडियो एक व्यक्तिले नेपालमा कोरोना भाइरस संक्रमण भएको बताएका छन् ।

प्रहरीको साइबर व्यूरोको सहयोगमा अनुसन्धान चलिरहको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्