युवा पनि कोरोना भाइरसको उच्च जोखिममा : डब्लूएचओ



न्युज अफ नेपाल, काठमाडौँ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ ) ले युवाहरूमा पनि कोरोनाभाइरस सङ्क्रमणको जोखिम उच्च रहेको जनाएको छ । डब्लूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले वृद्ध र बढी खतरामा रहेका मानिसहरूसँगको भेटघाट र कुराकानीमा सावधानी अपनाउन आग्रह गरेका छन् ।

‘युवाहरुको रोग प्रतिरोधात्मक क्षमता कोरोना भाइरसबाट मुक्त छैन, टेड्रोस भने ‘,उनीहरु कसैको मृत्यु र जीवनको कारक बन्न सक्छन् । त्यसैले युवाहरुले बालबालिका, पाका व्यक्ति र कमजोर स्वास्थ्य भएकाहरुसँग दुरी कायम राखुन् ।’

हालसम्म विश्वका १८५ मुलुकमा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण भेटिएको छ । महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरस संक्रमणका कारण विभिन्न मुलुकका ११ हजार ४०२ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्