अब जुनसुकै बैंकको एटिएमबाट पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने



न्युज अफ नेपाल, काठमाडौँ ।

अबदेखि एक बैँकको एटिएम कार्ड अर्काे बैँकको एटिएममा प्रयोग गर्दा शूल्क नलाग्ने भएको छ ।

कोरोना भाइरसको त्रास फैलिए लगत्तै जनातालाई सहज वातावरण प्रदान गर्न नेपाल बैंकर्स एसोसिएसन, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल र नेपाल फाइनान्सियल इन्स्टिच्युसनको संयूक्त बैठकले यस्तो निर्णय गरेको हो। नोटको कारोबार गर्दा संक्रमण फैलिन सक्ने त्रास बढेपछि विद्युतीय कारोबारलाई प्राथमिकता दिइएको हो ।

सरकारले समेत अत्यावश्यक काम बोहेक अन्य कामका लागि विभिन्न ठाउँमा भीड नगर्न आग्रह गरेको छ । बैंकहरुले सो निर्णयलाई कार्यान्वयन गर्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएका छन्। त्यस्तै इन्टरनेट, मोबाइल लगायत विभिन्न विद्युतीय माध्यमबाट हुने कारोबारमा पनि शुल्क नलाग्ने व्यवस्था गरिएको छ । नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने कनेक्ट आइपिएस सेवामा कुनै शुल्क लाग्ने छैन । कोरोना त्रास शान्त नभएसम्मका लागि यी सेवामा शुल्क नलाग्ने व्यवस्था गरिएको हो।

यस्तै, इन्टरनेट र मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकले पासवर्ड बिर्सिएमा वा अन्यकुनै प्राबिधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोन मार्फत जानकारी गराउन र सेवा लिन पनि सक्ने संघहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्