लिभरपुल सबैभन्दा मूल्यवान् टिम



लन्डन, (एजेन्सी)

ग्लिस प्रिमियर लिग क्लब लिभरपुल युरोपको सबैभन्दा मूल्यवान् टिम बनेको छ। च्याम्पियन्स लिग च्याम्पियन लिभरपुलको कुल मूल्य १ दशमलव ४ बिलियन युरो हो। इन्टरनेसनल सेन्टर फर स्पोर्टस् स्टडिज सीआईईएसको रिपोर्टअनुसार शीर्ष १० मा पाँच इंग्लिस क्लबले स्थान ओगटेका छन्। प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीको मूल्य १ दशमलव ३६ बिलियन युरो रहेको छ।

दोस्रो स्थानमा रहेको सिटी गत वर्ष पहिलो स्थानमा थियो भने लिभरपुल दोस्रो स्थानमा थियो। यसपटक दुवै टोलीबीच स्थान हेरफेर भएको छ।
यसै गरी अन्य इंग्लिस क्लबमा चेल्सी पाँचौं स्थानमा छ भने म्यानचेस्टर युनाइटेड छैठौं स्थानमा छ।

त्यस्तै टोटनह्यामले नवौं स्थान लिएको छ। यस्तै लियोनल मेसी रहेको क्लब बार्सिलोना तेस्रो स्थानमा रहेको छ। स्पेनकै अर्को टोली रियल मेड्रिडले चौथो स्थान र एटलेटिको मेड्रिडले आठौं स्थान हासिल गरेका छन्।

नेयमार सम्मिलित टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) सातौं स्थानमा रहँदा क्रिस्टियानो रोनाल्डोको टिम युभेन्टस दशौं स्थानमा रहेको छ। सीआईआईएसको फुटबल अब्जरभेटरी रिसर्च टिमले पाँचै प्रमुख युरोपियन फुटबल लिगका खेलाडीको पनि विश्लेषण गरेको थियो।

सो रिसर्चअनुसार हरेक क्लबका शीर्ष २० खेलाडीको मूल्य राखिएको थियो। यसमा खेलाडीको सम्झौता रकम, उनको उमेर, उनको क्लब र टिमबाट भएको प्रदर्शन, खेलाडी र क्लबको इकोनोमिक, खेलाडीको ट्रान्सफर मूल्यको विश्लेषण गरेर टिमको मूल्य
निकालेको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्