ब्राजिल फर्के नेयमार



लन्डन, (एजेन्सी)

फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार खेलाडी नेयमार युरोपमा बढ्दो कोरोनाको त्रासका कारण ब्राजिल फर्केका छन्।

नेयमार र ब्राजिलका कप्तान थिएगो सिल्भा आफ्नो परिवारको साथमा रहनका लागि ब्राजिल फर्केका छन्। कोरोनाका कारण लिग वान पनि स्थगित भएपछि नेयमार स्वदेश फर्केका हुन्।

कोरोना सन्त्रासका कारण पीएसजीका अधिकांश खेलाडीहरू आफ्नो देश फर्केका छन्। पीएसजीका मार्को भेराटी, पाब्लो सराबिया तथा एनडर हेरेरा पनि आफ्नो देश फर्किसकेका छन्। पीएसजीले आफ्ना खेलाडीलाई देश फर्कनका लागि रोक लगाएको छैन तर कोरोनाविरुद्ध लड्नका लागि भने अपिल गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्