प्रभु बैंकद्वारा जुम्लामा वित्तीय साक्षरता प्रदान



काठमाडौं, (नेस)

प्रभु बैंक र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयुक्त आयोजनामा जुम्लाको खलंगामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएकोे छ।े सो जिल्लाका महिलालाई वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देयश्का साथ आयोजित कार्यक्रम जुम्ला सदरमुकाम खलंगामा सम्पन्न भएको हो।

कार्यक्रममा चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले वित्तीय पहुँचमा महिला पुगे पनि चेतनाको अभावले उत्पादनमुखी क्षेत्रमा लगानी नभएको बताउनुभयो। बचतसँगै, सीप तथा रोजगारमुलक क्षेत्रमा लगानी गर्न नगरपालिकाले पनि सघाउने बताउँदै उहाँले सहकारी तथा वित्तीय क्षेत्रले पनि वित्तीय साक्षरता अभियान सञ्चालन गर्न सुझाव दिनुभयो।

कार्यक्रममा झन्डै ४० जनाको सहभागिता रहेको थियो। वित्तीय साक्षरता कार्यक्रमका सहभागी महिलाले शिक्षाकै अभावले उत्पादनमुखी क्षेत्रमा लगानी नभएको बताए। सहकारीमा बचत पनि गरेका छौं, ऋण पनि लिन्छौं। तर, आम्दानी देखिँदैन।

प्रतिक्रिया दिनुहोस्