दक्षिण अफ्रिकी टिम आइसोलेसनमा



लन्डन, (एजेन्सी)
भारतबाट स्वदेश फर्किएको दक्षिण अफ्रिकी क्रिकेट टिमलाई आइसोलेसनमा बस्न निर्देशन दिइएको छ।
कोरोना भाइरसको त्रासका कारण बीचैमा भारतविरुद्धको एकदिवसीय सिरिज छोडेर स्वदेश फर्किएको दक्षिण अफ्रिकी टिमका खेलाडीलाई सेल्फ आइसोलेसनमा बस्न निर्देशन दिइएको हो। क्रिकेट साउथ अफ्रिकाका चिफ मेडिकल अफिसर सुएब मान्जराले १४ दिनसम्म सेल्फ आइसोलेसन बस्न टिमका खेलाडीहरुलाई निर्देशन दिइएको बताइएको छ।
दक्षिण अफ्रिकामा पनि कोरोना संक्रमण बढेको भन्दै भारतविरुद्धको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्द भएको थियो। त्यसपछि बाँकी दुई खेल कोरोनाको त्रासका कारण स्थगित गरिएपछि बुधबार दक्षिण अफ्रिकी टिम स्वदेश फर्किएको थियो। स्वदेश फर्किएलगत्तै दक्षिण अफ्रिकी क्रिकेट टिमलाई सेल्फ आइसोलेसनमा बस्न निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्