यूएस ओपन समयमै आयोजना हुने



लन्डन, (एजेन्सी)

अमेरिकी टेनिस संघ (यूएसटीए) ले यूएस ओपन टेनिस प्रतियोगिता फ्रेन्च ओपनपछि गर्ने कुनै योजना नभएको बताएको छ।

कोरोना भाइरसका कारण पेरिसमा मे मा हुनुपर्ने फ्रेन्च ओपन टेनिसको सेड्युल सारेर सेप्टेम्बरमा गर्ने तयारीमा रहेको छ। तर न्युयोर्कमा युएस ओपन ३१ अगस्टदेखि नै शुरू गर्ने यूएसटीएले जनाएको छ। साथै यूएसटीएले रोलान्ड गेरोसमा हुने फ्रेन्च ओपनको मिति सारेकोमा फ्रेन्च टेनिस महासंघको आलोचना पनि गरेको थियो।

पेरिसमा मे २४ देखि जुन ७ सम्म हुनुपर्ने फ्रेन्च ओपन २० सेप्टेम्बरदेखि ४ अक्टोबरसम्म प्रतियोगिता आयोजना गर्न फ्रेन्च टेनिस महासंघले निधो गरेको हो।

उक्त नयाँ मिति घोषणा भएसँगै यूएस ओपन समापन भएको १ सातापछि फ्रेन्च ओपन शुरू हुनेछ। फ्रेन्च ओपनको नयाँ मितिले एटीपी र डब्ल्यूटीएका प्रतियोगितासँग जुध्नसक्ने सम्भावना पनि त्यतिकै रहेको जनाएको छ।

हरेक वर्षमा टेनिसतर्फ अलगअलग कोर्टमा गरी चारवटा ग्रान्डस्लाम प्रतियोगिता आयोजना हँुदै आएको छ। पहिलो ग्रान्डस्लाम जनवरीमा अस्टे«लियन ओपन हुन्छ भने फ्रेन्च ओपन दोस्रो ग्रान्डस्लाम प्रतियोगिता हो।

यो क्ले कोर्टमा आयोजना हुन्छ। त्यस्तै तेस्रो ग्रान्डस्लाम ग्रास कोर्टमा विम्बल्डन आयोजना हुन्छ। वर्षको अन्तिम तथा चौथो ग्रान्डस्लाम यूएस ओपन हो। यो हार्ड कोर्टमा खेलिने प्रतियोगिताको रूपमा परिचित छ।

प्रतिक्रिया दिनुहोस्