फिफाद्वारा डब्ल्यूएचओलाई सहयोग



लन्डन, (एजेन्सी)  

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओलाई १० मिलियन डलर सहयोग गर्ने घोषणा गरेका छन्।

फिफा अध्यक्ष गिआनी इन्फान्टिनोले कोरोना भाइरसविरुद्ध लड्न फिफाले डब्लूएचओलाई उक्त रकम सहयोग गर्ने घोषणा गरेका हुन्। त्यसअघि कोरोनाको प्रकोपका कारण विश्वका धेरै उत्कृष्ट फुटबल लिगहरु पनि स्थगित गरेकोे फिफाले डब्ल्यूएचओलाई सहयोग गर्न लागेको हो।

फिफा अध्यक्ष इन्फान्टिनोले कोरोनाविरुद्धको लडाइँमा सबै एकताबद्ध भएकोमा सबैलाई धन्यवाद दिन चाहेको बताए। विश्वका सम्पूर्ण फुटबल लिग रोकिँदा फुटबल समर्थकहरुमा भएकोे गलत प्रभावलाई लिएर पनि उनले फुटबल फ्यानसंग माफी मागेका छन्। उनले जीवनभन्दा ठूलो फुटबल नहुनेसमेत बताएका छन्।

प्रतिक्रिया दिनुहोस्