महासंघद्वारा मास्क हस्तान्तरण



काठमाडौं, (नेस) ।

कोरोना संक्रमणबाट उत्पन्न हुन सक्ने जटिल परिस्थितिमा सर्वसाधारणको स्वास्थ्य सुरक्षा र उपचार कार्यमा सहयोग पु¥याउने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई महासंघका तर्फबाट वाणिज्य मन्त्रालयमा मास्क तथा व्यक्तिगत सुरक्षा उपकरण हस्तान्तरण गर्नुभयो।

अध्यक्ष राणाले महासंघका तर्फबाट १० हजार थान मास्क र २ सय पचास सेट व्यक्तिगत सुरक्षा उपकरण हस्तान्तरण गर्नुभयो। व्यक्तिगत स्वास्थ्य सुरक्षा उपकरण हस्तान्तरण गर्दै अध्यक्ष राणाले महासंघले सदाझै संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी अहिलेको जटिल परिस्थितिमा जनताको स्वास्थ्य सुरक्षाका लागि सरकारले अगाडि बढाएका कार्यक्रममा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग कार्यलाई थालनी गरेको र यसलाई निरन्तरता दिंदै जाने प्रतिबद्धता सो अवसरमा जनाउनुभयो।

प्रतिक्रिया दिनुहोस्