बैशाख १८ गतेसम्म सिनेमा हल, जीम र डान्स बार बन्द



न्युज अफ नेपाल,काठमाडौं ।

कोरोना अर्थात् कोभिड १९ सरकारको संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सिनेमा हल,जीम रडान्स बार पनि बन्द गर्ने निण्र्नय गरेको छ ।

उपपधानमन्त्री इश्वर पोखरेलको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको समितिको आठौं बैठकले सिनेमा हल, सांस्कृति केन्द्रहरू, रंगशाला, खेल स्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार तथा क्लबआदि बन्द गर्ने निर्णय गरेको छ ।

बैठकको निर्णयको २ नं. बुँदामा भनिएको छ, ‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने ।’

निर्णयको १३ नं .बुँदामा होटल, रेष्टुरेन्ट तथा सपिङ्ग महलको सञ्चालकहरुलाई हात सफा गर्ने स्यानिटाइजर लगायत सफाइका सामग्रीको प्रबन्ध गरी टेबल, कुर्सी, बार–रेलिङ र शौचालय आदि स्थानमा नियमित रुपमा डिसइन्फेक्सन गर्न लगाउने पनि भनिएको छ ।

साथै, तापक्रम मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी ती स्थानहरुमा प्रवेश गर्ने व्यक्तिको सवास्थ्य जाँच गर्ने पनि निर्णय भएको छ । साथै, तापक्रम मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी ती स्थानहरुमा प्रवेश गर्ने व्यक्तिको सवास्थ्य जाँच गर्ने पनि निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्