कोरोना संक्रमण भएका ५५ मुलुकबाट नेपाल आउन प्रतिबन्ध



न्युज अफ नेपाल,काठमाडौं ।

सरकारले कोरोना भाइरस अर्थात् कोभिड १९ को संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध लगाएको छ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउन रोक लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्