कोरोना त्रास : अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सरकारको अनुरोध



न्युज अफ नेपाल,काठमाडौं ।

विश्व नै कोरोना अर्थात् कोभिड १९ को भयावहस्थितसंग जुधिरहेको बेला नेपालमा सतर्कता अपनाउँदै सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन आिव्हान गरेको छ ।

आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न आह्वान गरेको हो ।त्यस्तै धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन बन्द गर्ने निर्णय पनि गरेको छ । सार्वजनिक सवारीमा पनि सिट क्षमता भन्दा बढी यात्रु नबोक्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्