जोखिमयुक्त परिवारलाई १ हजार ९० घर हस्तान्तरण, भुकम्प पीडितको मुहारमा खुसी



न्युज अफ नेपाल, काठमाडौँ ।

२०७२ सालको विनाशकारी भुकम्पले आफ्नो बास गुमाएका जोखिम युक्त परिवारको मुहारमा आफ्नो घर चिटिक्क बने सँगै खुःशी देखिन थालको छ ।

 

अन्तराष्ट्रिय गैरसरकारी संस्था प्राक्टिकल एक्सनको पहलमा जोखिम युक्त परिवारलाई लागत मैत्रि घर बनाउने कार्य तिब्र गतिमा अगाडि बढि रहेको छ । “सुरक्षित घर पुर्न निर्माणमा कोही पछि नछुटुन (एलएनअबी) परियोजना” अन्तर्गत हाल सम्म एक हजार नब्बे (१०९०) वटा घर निर्माण कार्य सकाएर हस्तान्तरण गरिसकिएको परियोजना प्रबन्धक दत्त बहादुर रावलले बताउनुभयो ।

 

भुकम्प पछि नेपाल सरकारले नेपाल पुुन निर्माण प्राधिकरणको गठन गरि भुकम्प प्रभावितहरुको तथ्याङ्क संकलन गरि राहात वितरण साथै निजि आवास निर्माणमा तिन लाख सहयोग गर्ने काम शुरु गरेको ४ वर्ष वितिसक्दा पनी मकवानपुर र लमजुङ जिल्लाका ठुलो संख्यामा भुकम्प प्रभावितहरुले निजि आवास निर्माण गर्न नसकि कोहि टिनको कटेरोमा त कोहि त्यहि भत्किएको जोखिम यूत्तमा घरमा वस्न वाध्य रहेका थिए ।

 

विशेष गरि घर निर्माण गर्न नसक्नेमा वृद्ध वृद्धाहरु मात्र भएको घर, वालवालिका मात्र भएका घर, एकल महिलाहरुले नतृत्व गरिरहेको साथै अपागंता भएका व्यक्तिहरु ले नेतृत्व गरेका, आफ्नो नाममा जग्गा जमिन नभएका र ज्याला मजदुरी गरेर घर व्यवहार धानिरहेका वर्गहरु रहेका छन् ।

 

संस्थाले लम्जुङ्ग जिल्लाका राहिनास नगरपालिका र दोर्दी गाउँपालिकामा आठ सय (८००) वटा घर निर्माण गर्ने योजना बनाएको छ जस मध्ये पाँच सय पन्ध्र (५१५) वटा घर निर्माण गरिसकेको छ ।

 

त्यसै गरि मकवानपुर जिल्लाको थाहा नग।पालिका र कैलास गाउँपालिका मा सात सय सत्र (७१७) घर निर्माण गर्ने योजना बनाएको छ । जसमध्ये पाँच सय पचहत्तर (५७५) घर निर्माण कार्य सम्पन्न भैसकेको छ । निर्माण लक्ष्य लिएका बाँकि घर पनि निर्माणको चरमा रहेको छ ।

 

परियोजनाले CSEB इन्टरलकिङ्ग ईट्टा बनाउने उधोग, गिटि कुट्ने उधोग, ढुङ्गा काट्ने उधोग, काठ प्रषोधन केन्द्र स्थानिय स्तरमा संचालन गरेको छ भने भुकम्प प्रतिरोधात्मक घर बनाउने डकर्मी तालिम, स्थानिय ठेकेदारहरुलाई क्षमता अभिवृद्घि तालिम,सरकारी ईजिनियरहरुलाई क्षमता अभिवृद्घि तालिम, उधमशिलता तालिम, शुरक्षित घर निर्माणमा जोखिम न्युनिकरण र ब्यवस्थापन तालिमहरु संचालनमा ल्याएको छ ।

 

त्यसैगरी स्थानिय स्तरमा विभिन्न किसिमका निशुल्क सेवाहरु प्रदान गरेको छ । जसमा घरको नक्शा बनाउने र स्वीकृत गराउने सेवा, निर्माणाधिन घरहरुको गुणस्तर तथा निरिक्षण गर्ने, निर्माण पस्चात रकम निकाशाको लागि पहल गरिदिने, शुरक्षित घर निर्माणको लागि समूदायहरुलाई आवश्यक सुचना प्रदान गर्ने, भुकम्प प्रतिरोधात्मक घर निर्माण सम्वधित जनचेतना अभिवृद्घि सेवा प्रदान गरेको रावलले बताउनुभयो ।

 

स्थानीय स्तरमा निर्माण समाग्री उत्पादनको लागी कैलाश र थाहामा १२ वटा CSEB ईटा उत्पादन केन्द्र, ४ वटा ढुङ्गा काट्ने मेशिन र २ वटा साना ढुङ्गा कुट्ने मेशिन संचालन गरि घर निर्माणको लागी आवश्यक सामाग्री उत्पादन साथै स्थानिय स्तरमा रोजगारीको सिर्जना गरेको छ । CSEB interlocking BLOCK वाट घर निर्माण गर्दा कम लागतमा छोटो समयमा घर निर्माण सम्पन्न गर्न सकिने जसमा कामदार, वालुवा, सिमेन्ट कम लाग्ने रगंरोगन नगर्दा र प्लास्टर नगर्दा पनि राम्रो देखिने हुदाँ कम लागतमा घर निर्माण गर्न सकिने स्थानिय ठेकेदार रामचन्द्र गिरि वताउनुहुन्छ ।”

 

परियोजनावाट अतिजोखिममा परेका लाभग्राही हरुले घर निर्माणको लागी पचासहजार थप सहयोग, प्राविधिक सहयोग साथै NRA वाट प्राप्तहुने अनुदान रकमकोलागी गर्नुपर्ने प्रक्रियामा सहयोग प्राप्त गरिरहेका छन भने सिमान्तकृत लाभग्राहिले परियोजनावाट निर्माण सामाग्री ढुवानिमा सहयोग, प्राविधिक र  NRA वाट प्राप्तहुने अनुदान रकमको लागी गर्नुपर्ने प्रक्रियामा सहयोग प्राप्त गरेका छन भने जग्गा आफ्नो नममा नभएका, सम्झौता गर्न नसकिरहेका लाभग्राही हरुलाई पनि सहयोग गरि घर निर्माण साथै किस्ता निकासामा सहज वानाउदै आएको छ ।

 

“ आफ्नो नाममा जग्गा जमिन नहुदा घर निर्माण गर्न नसकीरहेकी कैलाश गाँउपालिका वडा नं.३ की कालिमाया चेपाङ्ग अहिले परियोजनाको सहयोगमा CSEB को नया घर मा वस्न पाएपछि निकै खुशी भएको वताउनु हुन्छ ।”

 

UK AID काे आर्थिक सहयोगमा UK AID काे अगुवाई र ब्यबस्थापनमा CCDN ले मकवानुर जिल्ला र CCDN ले लम्जुङ्ग जिल्लाहरु अगष्ठ २०१८ बाट परियोजना संचालन गर्दै आईरहेको र यो परियोजना अगस्ट २०२० सम्म संचालनमा रहने परियोजना प्रबन्धक दत्र बहादुर रावलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्