दिलीप कुमार क्वोरन्टाइनमा



बलिउडका दिग्गज अभिनेता दिलीप कुमार आफैं क्वारेन्टाइनमा बसेका छन्।

कोरोना भाइरसको प्रकोप चलिरहेका बेला ९७ वर्षीय अभिनेताले हालै सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै लेखेका छन्– ‘कोरोना भाइरसको प्रकोपका बीच म सम्पूर्णरूपमा आइसोलेसन तथा सेल्फ क्वारेन्टाइनमा बसेको छु। मलाई कुनै प्रकारको इन्फेक्सन नभए पनि सुनिश्चित गर्नका लागि सायरा कुनै मौका छोडिरहेकी छैनन्।’

उनले अघिल्लो ट्विटमा अफ्ना फ्यानलाई कोरोना भाइरसबाट सचेत रहन सुझाउँदै भनेका थिए– ‘मेरो तपार्र्इं सबैप्रति अनुरोछ छ कि आफू जतिसक्दो सुरक्षित रहनुहोस्। कोरोना भाइरसले सबै सीमा पार गरिसकेको छ। हेल्थ डिपार्टमेन्टको तर्फबाट जारी गाइडलाइनको पालना गर्नु होला।’

उनकी पत्नी तथा अभिनेत्री सायरा बानुले एक अडियो ट्विटमार्फत दिलीपको स्वास्थ्यमा पहिले भन्दा सुधार भएको बताएकी छन्। ‘मलाई यो भनिरहँदा खुसी लागिरहेको छ कि साहेबलाई पहिले भन्दा ठीक छ। उहाँको ढाडमा निकै दुखाइ भएपछि अस्पताल गएका थियौं। तर, अहिले भने उहाँलाई राहत मिलेको छ।’

प्रतिक्रिया दिनुहोस्