कोरोनाबारे सन्देशमूलक गीत



संसारभर महामारिका रूपमा फैलँदै गएको कोरोना भाइरसका बारेमा सचेतनामूलक लोकदोहोरी गीत कोरोना सार्वजनिक भएको छ। कोरोना भाइरसबाट आफू बचौं र अरूलाई पनि बचाऔं भन्ने सन्देशका साथ डीएआर मुभिजले सन्देशमूलक गीत सार्वजनिक गरेको हो।

गीतमा स्वर प्रभावन जे र सीता थापाको रहेको छ भने शब्द संकलन माधव थापाको रहेको छ। विष्णु तामाङको संगीत संयोजन रहेको गीतमाथि राजाराम गौतम र श्रवणकुमार मिश्रले भिडियो निर्माण गरेका छन्। गोविन्दराम दाहाल, ईश्वरी दाहाल, रमा दाहाल, श्रीराम दाहाल र नमराज ढुंगानाले समन्वयमा गीत निर्माण गरिएको डीएआर मुभिजले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्