ओलम्पिक उपाध्यक्षलाई कोरोना



लन्डन, (एजेन्सी) 

जापान ओलम्पिक कमिटीका उपाध्यक्षलाई कोरोना संक्रमण भएको छ।

टोकियो ओलम्पिक २०२० जापानमा हुन्छ कि हुँदैन भन्ने हाल ठूलो बहस चलिरहेको बेला जापान ओलम्पिक कमिटीका उपाध्यक्ष कोजो तासिमालाई कोरोना संक्रमण भएको समाचार बाहिर आएको हो। उपाध्यक्ष कोजोको कोरोना परीक्षण पोजिटिभ देखिएको हो।

कोजो जापान फुटबल संघका अध्यक्षसमेत हुन्। मंगलबार जापान फुटबल संघले जारी गरेको विज्ञप्तिमा तासिमालाई कोरोना पोजिटिभ देखिएको उल्लेख गरिएको छ।

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको मारमा आगामी जुलाई अगस्टमा हुने ग्रीष्मकालीन ओलम्पिक मारमा परेको छ।  यसअघि पनि युरोप तथा अमेरिकाका विभिन्न खेलाडीहरूलाई समेत कोरोना संक्रमण भइसकेको छ। स्पेनमा २१ वर्षीय फुटबल प्रशिक्षकको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्