कुमारी बैंकका ग्राहकलाई टेस्लामा छुट 



काठमाडौं, (नेस)
कुमारी बैंक र बालुवाटारस्थित टेस्ला डायगनोष्टिक क्लिनिककाबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ। कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र टेस्ला डायगनोष्टिक क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ।

उक्त सम्झौता–पत्र अनुसार टेस्ला डायगनोष्टिक क्लिनिकका विभिन्न स्वास्थोपचार सेवा तथा औषधि उपचार शुल्कमा ग्राहकले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १०प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्