बामदेव गौतमबारे अन्तिम निर्णय लिन ओली-प्रचण्डबीच छलफल



न्युज अफ नेपाल,काठमाडौं ।

नेपाल कम्युनिष्ट पाटीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पाटीका विवादित विषयमा छलफल भएको छ ।मंगलबार भएको भेटमा पाटीबाट राष्ट्रियसभामा कसलाई पठाउने भन्ने विषयमा समेत छलफल भएको बताइएको छ।

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएपछि केही दिन अघि प्रचण्ड स्वास्थ्य अपस्थाबारे जानकारी लिन पुगेका थिए। त्यसपछि मंगलबार मात्रै औपचारिक राजनीतिक विषयमा छलफल भएको हो।

राष्ट्रियसभामा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने विषयमा नेकपा सचिवालयले निर्णय गरिसकेको छ। तर, प्रधानमन्त्री ओलीले सचिवालयको निर्णय नमान्ने र युवराज खतिवडालाई नै निरन्तरता दिने अडान लिएका छन्।

प्रतिक्रिया दिनुहोस्